वीरेन्द्रनगरबाट लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ
मङ्गलबार, १९ जेठ २०८३, १३ : ४५
सारांश
- सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका त्रिपुरारी लाल र दिलिप कुमार सिंह रहेका छन् ।
- उनीहरूको कोठा खानतलासी गर्दा शुद्ध ७ ग्राम ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको छ ।
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको श्रावस्ती घर भएका अन्दाजी २३ वर्षीय त्रिपुरारी लाल र बहराइच नानपाराका ५६ को दिलिप कुमार सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले उनीहरू वीरेन्द्रनगर नगरपालिका—३ मा कोठा भाडामा बस्दै आएको खुलेको बताए ।
वीरेन्द्रनगरको गण्डकी लाइनमा उनीहरूले लागु औषध कारोबार गरिरहेको भन्ने सूचना पश्चात् प्रहरी त्यहाँ पुगेको थियो ।
शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरिर तथा डेराकोठा खानतलासि गर्दा शुद्ध ७ ग्राम ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको बोहोराले बताए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण