अन्तिम समयमा प्रचण्डलाई नभेटेका मोदीले भेट्छन् रविलाई ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको छ ।
- भ्रमणका क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच समेत भेटवार्ता हुने बताइएको छ ।
- यसअघि प्रचण्डको भारत भ्रमणका क्रममा अन्तिम समयमा मोदीसँगको भेटवार्ता स्थगित भएको थियो ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतमा भव्य स्वागत गरिएको छ । भारत भ्रमणका क्रममा मंगलबार भारतीय जनता पार्टीको मुख्यालय गएका सभापति लामिछानेलाई बाजागाजासहित भव्य स्वागत गरिएको हो ।
भाजपाका अध्यक्षसहित अन्य पदाधिकारीसँग लामिछानेको भेटवार्ता भएको छ । भ्रमणका क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच समेत भेटवार्ता हुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र सभापति लामिछानेबिच बुधबार भेटघाट हुने कार्यक्रम छ । तर हालसम्म त्यसको समय र स्थान तय भइसकेको छैन । भारतीय जनता पार्टीका एक नेताले भने, ‘भेट्ने कार्यक्रम छ तर अहिलेसम्म ठाउँ र समय फिक्स भएको छैन ।’
उनले भाजपाका अध्यक्ष नितिन नवीन र भारतीय विदेशमन्त्री एस.जयशंकरसँगको भेटपछि सम्भवतः मोदी र लामिछानेबिच भेटवार्ताको ठाउँ र समय टुङ्गो लाग्ने बताए ।
यसअघि २०७९ भदौको अन्तिम साता तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणामा भारत गएको बेला अन्तिम समयमा आएर भारतका प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सम्बन्धी कार्यक्रम स्थगित भएको थियो । त्यतिबेला २०७९ साउन १ गते भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्ने समय तय भएको थियो ।
सोही दिन भाजपाको मुख्यालयमा भएको भेटघाटमा पनि भारतीय प्रधानमन्त्री मोदीसँग प्रचण्डको भेट हुनेमा विश्वस्त बनाइएको थियो । सो भेटमा भारतीय विदेशमन्त्री एस.जयशंकर पनि सहभागी थिए ।
भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न जाँदै गर्दा बाटैमा प्रचण्डलाई मोदी व्यस्त भएको कारण भेटघाट नहुने खबर आयो । उनी निराश भएर आफू बसेको होटल फर्केका थिए । त्यही दिन उनी नेपाल पनि फर्केका थिए ।
नेपाल फर्केर एयरपोर्टमा सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भनेका थिए, प्रधानमन्त्री मोदीले किन भेट्न चाहनु भएन भन्ने थाहा छैन ।’
जब कि भाजपाले भारत भ्रमणको निमन्त्रणा दिँदा प्रचण्डले प्रधानमन्त्री मोदीसँग भेट हुने भएमा मात्र आफू आउने भनेका थिए । मोदीसँग भेट सुनिश्चित भएपछि मात्र उनी भारत भ्रमणमा गएका थिए तर अन्तिममा भेटघाट नहुने भएपछि साँझ नेपाल फर्केका थिए ।
अहिले रवि लामिछानेको सन्दर्भमा पनि त्यस्तै हुने हो कि भन्नेमा चासो बढेको छ । पाँच दिनसम्म भारतमा रहने लामिछानेको यो भ्रमणले धेरै कुरा स्पष्ट पर्नेछ । भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणा लिएर भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउन लागेका थिए । तर प्रधानमन्त्री बालेन्द्र शाहले मिस्रीसँग नभेट्ने भनेपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो । त्यसले दुई देशको बिचको सम्बन्ध चिसिएको थियो । यही अवस्थामा रास्वपाका सभापति लामिछानेको भारत भ्रमण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण