रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने
मङ्गलबार, १९ जेठ २०८३, १५ : ४५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग सोमबार भेट गर्ने भएको छ ।
- भेटमा नेपाल-भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य र दुई देशका राजनीतिक दलबीचको संवाद तथा सहकार्यका विषयमा छलफल हुनेछ ।
- भारतीय जनता पार्टीको निमन्त्रणामा लामिछाने हिजो नयाँ दिल्ली पुगेका थिए ।
काठमाडौँ । भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने भएका छन् ।
सोमबार हुने भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य लगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
साथै, दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा रवि हिजो नयाँ दिल्ली पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण