सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
शुक्रबार, २२ जेठ २०८३, १३ : ५७
सारांश
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष र सदस्य सचिव पदका लागि दरखास्त आह्वान गरिएको छ ।
- योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा आवेदन बुझाउनु पर्नेछ ।
- आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिनेछ ।
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीका) को रिक्त उपाध्यक्ष मनोनयन र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ ।
समितिले स्वीकृत गरेको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो । यो सूचना प्रथम पटक यही जेठ २१ गते प्रकाशित गरिएको हो ।
आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्धारण गरिएको छ । योग्य आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आफ्नो आवेदन बुझाउनु पर्नेछ ।
यदि आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दर्ता गर्न सकिने सुविधा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण