नेपाल भलिबल लिगको खेलाडी अक्सन, १२९ खेलाडीमाथि बोली लाग्दै
सारांश
- नेपालमा पहिलोपटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) को खेलाडी अक्सन काठमाडौंमा जारी छ।
- अक्सनमा कुल १२९ खेलाडी सहभागी छन्, जसलाई 'ए' र 'बी' गरी दुई श्रेणीमा विभाजन गरिएको छ।
- यस फ्रेन्चाइज लिगले घरेलु भलिबलको व्यावसायिक विकाससँगै खेलाडीलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ। नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को खेलाडी अक्सन आइतबार काठमाडौंमा जारी छ।
केडिया ग्रुपको आयोजनामा हुने लिग आगामी भदौ १२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।
अक्सनमा कुल १२९ खेलाडी सहभागी छन्। विभागीय टोली तथा प्रदेशबाट खेलिरहेका खेलाडीलाई ‘ए’ र ‘बी’ गरी दुई श्रेणीमा विभाजन गरिएको छ। क्याटेगोरी ‘ए’मा ५६ जना र ‘बी’मा ७३ जना खेलाडी समावेश छन्।
लिगमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिम गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको यस फ्रेन्चाइज लिगले घरेलु भलिबलको व्यावसायिक विकाससँगै खेलाडीलाई नयाँ अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण