'रामायण'का मेकरहरूले बाँडेका हुन् सुनको शङ्ख ?
सारांश
- स्यान डिएगो कमिक-कन २०२६ मा बहुप्रतीक्षित फिल्म 'रामायण' को विशेष प्रस्तुति गरिएको थियो ।
- कार्यक्रममा सहभागीहरूलाई सुनौलो शंख उपहारस्वरूप वितरण गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।
- निर्माण पक्षले फिल्म निर्धारित समयमै दिवाली २०२६ मा रिलिज हुने स्पष्ट पारेको छ ।
स्यान डिएगो । बलिउड अभिनेता रणबीर कपूर र कन्नड अभिनेता यश अभिनीत बहुप्रतीक्षित फिल्म रामायणलाई लिएर नयाँ चर्चा सुरु भएको छ । हालै अमेरिकाको स्यान डिएगोमा आयोजित स्यान डिएगो कमिक–कन (एसडीसीसी) २०२६ मा फिल्मको विशेष प्रस्तुति गरिएको थियो । त्यहाँ प्रदर्शन गरिएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको भनिए पनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
करिब ४ हजार करोड रुपैयाँको बजेटमा निर्माण भइरहेको यस फिल्मको प्रचार–प्रसारमा निर्माण पक्षले विशेष ध्यान दिएको छ । यसैबीच, कमिक–कन कार्यक्रममा सहभागीहरूलाई सुनौलो शंख उपहारस्वरूप वितरण गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।
भाइरल भिडियोमा एक महिलाले रामायण कार्यक्रमबाट प्राप्त उपहार देखाउँदै गुलाबी रङको आकर्षक बाकस खोलेकी छिन् । कमलको फूल अंकित उक्त बाकसभित्र रामायण निर्माण टोलीको सन्देशसहित सुनौलो रङको कलात्मक शंख देख्न सकिन्छ । रामायणबाट प्रेरित उक्त शंखको डिजाइनले सामाजिक सञ्जालमा धेरैको ध्यान तानेको छ ।
यद्यपि, उक्त भिडियोमा देखाइएको उपहार वास्तवमै फिल्मका निर्माण पक्षले वितरण गरेको आधिकारिक उपहार हो वा होइन भन्ने विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन । निर्माण टोलीले पनि यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। त्यसैले भिडियोमा गरिएको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ ।
कार्यक्रमका क्रममा निर्माण पक्षले फिल्म निर्धारित समयभन्दा अगाडि रिलिज हुने भन्ने चर्चालाई अस्वीकार गर्दै रामायणः पार्ट १ निर्धारित समयमै दिवाली २०२६ मा प्रदर्शन हुने स्पष्ट पारेको छ । रामायण दुई भागमा निर्माण भइरहेको र दोस्रो भाग दिवाली २०२७ मा विश्वभर प्रदर्शन गरिने जानकारी पनि दिइएको छ ।
फिल्ममा रणबीर कपूरले भगवान रामको भूमिका निभाएका छन् भने केजीएफ स्टार यश रावणको भूमिकामा देखिनेछन् । अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निर्वाह गरेकी छन् । सनी देओल हनुमान, रवि दुबे लक्ष्मण, काजल अग्रवाल मन्दोदरी र रकुल प्रीत सिंह शूर्पणखाको भूमिकामा देखिनेछन् । टिभीका राम अरुण गोविल, कुणाल कपूर, आदिनाथ कोठारे, शीबा चड्ढा र इन्दिरा कृष्णन पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण