उपत्यका ट्राफिक : एसएसपी अधिकारीको बिदाइ, काफ्लेलाई स्वागत
सोमबार, २५ जेठ २०८३, ११ : १४
सारांश
- सुरेश काफ्लेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन् ।
- प्रधानमन्त्री एवम् गृहमन्त्रीले काफ्लेलाई उपत्यका ट्राफिकमा सरुवा गर्ने निर्णय गरेका थिए ।
- उपत्यका ट्राफिकबाट एसएसपी नवराज अधिकारीलाई बिदाइ गरिएको छ र उनको साइबर ब्युरोमा सरुवा भएको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सम्हालेका छन् । सोमबार उनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा अधिकृत तथा जवानहरूले काफ्लेलाई स्वागत गरेका हुन् ।
विशेष ब्युरोमा कार्यरत काफ्लेलाई प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले उपत्यका ट्राफिकमा सरुवा गर्ने निर्णय गरेका थिए ।
जेठ १८ मा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा शान्तिराज कोइरालालाई सरुवा गरिएको थियो । तर, उनी इन्चार्जबाट इन्चार्जमै सरुवा भएको सार्वजनिक भएपछि गृह मन्त्रालयले सरुवा करेक्सन गरेको थियो । कोइरालालाई विशेष ब्युरोमा पठाइएको छ । कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जमा कार्यरत थिए ।
उपत्यका ट्राफिकबाट एसएसपी नवराज अधिकारीलाई बिदाइ गरिएको छ । अधिकारीको साइबर ब्युरोमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण