संस्थापन पक्षबाट सात बुँदे खाका आएको छ, त्याे पर्याप्त छैन : देउवा समूह
सारांश
- कांग्रेसको देउवा समूहले संस्थापन पक्षले पार्टीभित्रको सहमतिका लागि पठाएको ७ बुँदे खाका आइपुगेको तर त्यो पर्याप्त नरहेको बताएको छ।
- इतर समूहका नेता डाक्टर प्रकाश शरण महतले १५औँ महाधिवेशन स्वच्छ, निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।
- उनले ७ बुँदेमा भागबन्डाका कुरा रहेको तर आफूहरू निष्पक्ष महाधिवेशनको पक्षमा रहेको स्पष्ट पारेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापनले पार्टीभित्रको सहमतिका लागि पठाएको ७ बुँदे खाका आइपुगेको तर त्यो पर्याप्त नरहेको बताएको छ।
कांग्रेसका निवर्तमान प्रवक्ता तथा इतर समूहका नेता डाक्टर प्रकाश शरण महतले आज बिहान आफ्नै निवास बाँसबारीमा पत्रकार सम्मेलन गर्दै संस्थापनको सात बुँदे सहमतिको खाका आइपुगेको बताएका हुन्। तर त्यो सहमतिका लागि पर्याप्त नभएको उनको भनाइ छ।
१५औँ महाधिवेशन स्वच्छ निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिलाएर संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए । त्यो संयन्त्र निर्माण गर्नका लागि संस्थापन पक्ष तयार नरहेकाले आशङ्का उब्जिएको उनको भनाइ छ।
क्रियाशील सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति, विधान संशोधन समिति दुवै पक्षको सहमतिमा बनाउनुपर्ने उनको भनाइ छ। पार्टीका नेता कार्यकर्ताहरू प्रतिनिधि सभा निर्वाचनको नतिजा र अहिलेको पार्टीभित्रको विवादले गर्दा निराश रहेको भन्दै त्यसलाई चिर्न एकता गर्ने पहल कदमी संस्थापनले लिनुपर्ने उनको भनाइ छ । अहिलेसम्म संस्थापनबाट त्यो पहल भएको अनुभूति आफूले नगरेको डाक्टर महतले बताए ।
७ बुँदेमा भागबन्डाका कुरा रहेको तर आफूहरू भागबन्डा नभएर निष्पक्ष महाधिवेशनको पक्षमा रहेको पनि डाक्टर महतले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद खगेन्द्र सुनारको तर्कमा खुस्बुको प्रतिवाद
-
बुद्ध एयर र बस्नेतबिचको मुद्दामा तत्काल छुट्टै निर्णय गरिरहनु नपर्ने आदेश
-
अभिनेत्री परीक्षा लिम्बू ओराको ब्रान्ड एम्बेसेडर नियुक्त
-
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपाल–भारत मन्त्रीस्तरीय संवाद
-
अन्तर्राष्ट्रिय सफलता प्राप्त फिल्म ‘इलिफेन्ट्स इन द फग’लाई नगद सहितको सम्मान
-
जथाभाबी आरोप लगाउने प्रवृत्तिले देशको साख गिर्छ: सांसद आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण