सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन

सोमबार, ०१ असार २०८३, ११ : १६
सोमबार, ०१ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा टेम्पो भिरबाट खसालेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
  • प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
  • समितिलाई सात दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

काठमाडौँ । कैलालीमा टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् । 

समितिलाई सत्य तथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।

719202511_1308898854662600_1520159890766028828_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप