सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
सारांश
- श्रम संस्कृतिका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
- राईले प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखले आदेश दिनुहुन्छ भन्ने व्यग्र प्रतीक्षा गरिरहेको र प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुहुने आशा राखेको बताए ।
- उनले सुस्तामा एसएसबीको गतिविधि, माइतीघरमा युवाको पक्राउ, विद्यार्थीका मोबाइल डुबाउने र कैलालीमा टेम्पो गुल्टाउने घटनामा गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको साे अभिव्यक्ति हटाउन सभामुखबाट आउने आदेशको व्यग्र प्रतीक्षा गरिरहेको पनि बताए । साथै उनले प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिने आशामा आफू रहेको बताए ।
उनले सुस्तामा भारतीय सुरक्षा फौज एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेकोमा आपत्ति जनाए । यस विषयमा उनले गृहमन्त्रीको ध्यानाकर्षणसमेत गराए ।
सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाएर मोबाइलको हत्या गर्नेलाई नसिहत दिन तथा कैलालीमा टेम्पो गुल्टाउनेमाथि आवश्यक कारबाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटको सवारी व्यवस्थापनमा सुधार
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण