संसद् बैठक
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
सोमबार, ०१ असार २०८३, १२ : ११
सारांश
- भारतले निर्यात रोकिदिँदा ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ ।
- नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपालीले उब्जाएर निर्यात गरिएको ३ लाख किलो चिया भारतमा रोकिएको र ७ लाख किलो चिया उद्योगको स्टोरमै रोकिएको बताए ।
- रोजगारी गुमेको भन्दै सांसद केरुङले भारतसँग जिटुजी गरी समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँ । भारतले निर्यात रोकिदिँदा ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग बन्द भएको विषय उठाएका हुन् ।
सदनको आकस्मिक समयमा बोल्दै केरुङले नेपालीले उब्जाएर निर्यात गरिएको ३ लाख किलो चिया भारतमा रोकिएको र ७ लाख किलो चिया उद्योगको स्टोरमै रोकिएको केरुङले बताए ।
निर्यात रोकिँदा चिया फ्याक्ट्रीका मजदुर र चिया टिप्ने मजदुरको रोजगारी खोसिएको भन्दै केरुङले तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरे । उनले भारतसँग जिटुजी गरी समस्याको तत्काल समाधान गर्न पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण