‘सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले साेमबार बसेको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल–भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरे ।
सांसद रोशनी मेचेले सुस्ता क्षेत्रका स्थानीयले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्नुपर्नेमा जोड दिइन्।
बैठकमा सांसदहरू जयन्तीदेवी राईलगायतले इलाम, पाँचथर, झापामा उत्पादित चिया भारत निर्यातमा समस्या उत्पन्न भएपछि उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएकाले त्यसतर्फ ध्यान दिन सदन र सरकारलाई अनुरोध गरे।
उनीहरूले भने, 'भारतसँगको व्यापार सम्बन्धका विषयमा गम्भीर बहस हुनुपर्छ । किसानले उत्पादन गरेको चियाको बजार सुनिश्चित गर्न सरकारले वैकल्पिक व्यवस्था खोज्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण