सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोजगार मेलामार्फत १६४ लाई रोजगारी

सोमबार, ०१ असार २०८३, १५ : ४८
सोमबार, ०१ असार २०८३

झापा । झापामा आयोजना भएको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ युवाले रोजगारी प्राप्त गरेका छन् । 

काम गर्न इच्छुक एक हजार ७६ आवेदकले निवेदन दर्ता गराएकामध्ये पहिलो चरणमै १६४ व्यक्तिले रोजगारी प्राप्त गरेका हुन् । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने उक्त मेला रोजगारदाता र बेरोजगार व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । 

मेलामा विभिन्न क्षेत्रका २५ रोजगारदाता सङ्घसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सुरु भएको मेलामा दुई हजार ८७१ जनाले अवलोकन गरेको बिर्तामोड उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप