कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदै
सोमबार, ०१ असार २०८३, १५ : ५१
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को लागि करिब ४० अर्बको बजेट निर्माण गरेको छ ।
- प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको छ ।
- यो बजेट आज अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले प्रस्तुत गर्नेछन् ।
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेश सरकारले करिब ४० अर्ब बराबरको अनुमानित बजेट निर्माण गरेको जनाएको छ ।
प्रदेशसभाको बैठक अहिले ४ बजे बस्दैछ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन् ।
उता, प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
-
बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
-
कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
-
शान्ति दूत ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षुको टोली काठमाडौँ आइपुग्यो
-
कोशी प्रदेश बजेट : कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड
-
बागमतीको कानुन मन्त्रालयले पायो ७२ करोड बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण