प्रहरीको प्राथमकिता प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाह : आईजीपी कार्की
भैरहवा । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उनले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याए ।
प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट सुरु भएको शान्तियात्राको सन्देश मुलुकभर फैलिनुपर्नेमा जोड दिए । उनले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताए ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा पनि प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छानबिन समितिले क्लिन चिट दिएसँगै सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका गाडी छुटे
-
बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड
-
कोशी प्रदेश बजेट : पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड
-
शान्ति दूत ‘अलोका’ कुकुरसहित भियतनामी भिक्षुको टोली काठमाडौँ आइपुग्यो
-
कोशी प्रदेश बजेट : कानुन निर्माण, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनमा ९४ करोड
-
बागमतीको कानुन मन्त्रालयले पायो ७२ करोड बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण