सम्झौताको घोषणापछि स्ट्रेट अफ होर्मुज पार गर्दै गरेको देखियो जहाज
सारांश
- अमेरिका र इरानबीच सम्झौता भएको घोषणा भएको केही घण्टामै स्ट्रेट अफ होर्मुजबाट एउटा तेल ट्यांकर सुरक्षित रूपमा पार गरेको सार्वजनिक भएको छ ।
- जहाजहरूको गतिविधि निगरानी गर्ने तथ्याङ्कको अध्ययन गर्दा जहाजहरू उक्त महत्वपूर्ण समुद्री मार्ग हुँदै आवतजावत गरिरहेको देखिएको छ ।
- जहाज हाल ओमानको शिनास बन्दरगाहतर्फ गइरहेको बताइएको छ ।
तेहरान । अमेरिका र इरानबीच सम्झौता भएको घोषणा भएको केही घण्टामै स्ट्रेट अफ होर्मुजबाट एउटा तेल ट्यांकर सुरक्षित रूपमा पार गरेको सार्वजनिक भएको छ ।
बीबीसी भेरिफाइले जहाजहरूको गतिविधि निगरानी गर्ने तथ्याङ्कको अध्ययन गर्दा जहाजहरू उक्त महत्वपूर्ण समुद्री मार्ग हुँदै आवतजावत गरिरहेको देखिएको जनाएको छ ।
जहाज निगरानी वेबसाइट मरीन ट्राफिकका अनुसार डिशा नामक माल्टाको झण्डा बोकेको तेल ट्यांकर जुन १३ मा कतारको रस लाफान बन्दरगाहबाट तेल तथा अन्य कार्गो लिएर प्रस्थान गरेको थियो । त्यसैगरी पानामाको झण्डा बोकेको एमडीएल कमरान नामक गरेको अर्को मालवाहक जहाज जुन ११ मा इरानको बन्दर इमाम खोमेनी बन्दरगाहबाट निस्किएको थियो । उक्त जहाजले आइतबार स्टे«ट पार गरेको बताइएको छ ।
रिपोर्टअनुसार स्टे«ट पार गर्ने क्रममा जहाजको स्थान जानकारी दिने ट्र्याकिङ प्रणाली केही समयका लागि बन्द भएको थियो । तर जलमार्ग पार गरेपछि पुनः संकेत प्रसारण सुरु भएको देखिएको छ । जहाज हाल ओमानको शिनास बन्दरगाहतर्फ गइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी बजेट : शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड
-
अमेरिका–इरान सम्झौताप्रति इजरायली मन्त्रीहरूको असन्तुष्टि
-
गण्डकीका जनताका घरघरै धारा पुर्याउन १ अर्ब ७ करोड बजेट
-
नेकपा माओवादीले गर्यो सचिवालय सदस्य उमा भुलेललाई जिम्मेवारी मुक्त
-
गण्डकीको एक तिहाइ बजेट भौतिक पूर्वाधारमा, पोखरामै लाइसेन्स छाप्न बजेट विनियोजन
-
तलब वृद्धिमा विभेद गरियो, विकास खर्च निकै कम छ : रोकाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण