‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
सारांश
- राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रकाशशरण वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
- संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर अपराधमा अर्थमन्त्रीको संलग्नताको आरोप लगाइएको छ।
- नेता दंगालले यस विषयमा संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि कारबाही गर्नुपर्ने र बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको बताए।
काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रकाशशरण वाग्लेले पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
संसद्मा आर्थिक विधेयक र आय–व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने गम्भीर अपराध गरेकाले अर्थमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाएको उनको तर्क थियो।
सोमबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले यो विषयमा संसदीय छानबिन समिति गठन गरी अर्थमन्त्रीमाथि कारबाही गर्नुपर्ने बताए। यसका साथै सरकारले ल्याएको बजेटले देशको मूल मर्म अनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुनै लक्ष्य नलगेको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरे।
संसद्मा करको दर हेरफेर भएको घटना र अर्थमन्त्रीको संलग्नताबारे बोल्दै उनले भने, ‘संसद्मा राजस्व र व्ययको अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको सत्यतथ्य तत्काल छानबिन गर्न जरुरी छ र दोषउपर कडा कारबाही गर्न जरुरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसो हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्दछ, संसदीय छानबिन समिति गठन गर्नुपर्दछ।’
नेता दंगालले वर्तमान सरकारले बजेटमा राखेका केही राम्रा र सकारात्मक प्रावधानहरू पनि वास्तविक रूपमा कार्यान्वयन हुनेमा पूर्ण शङ्का व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण