बागमतीमा कृषि पशुपन्छी, वन मन्त्रालयका लागि ६ अर्ब ७१ करोड
सोमबार, ०१ असार २०८३, १७ : १८
सारांश
- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका लागि ६ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।
- यो बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको विकास, कृषकहरुको सहज सेवा तथा वन, वातावरण र पर्यावरण क्षेत्रमा कार्यक्रम तयार गरिनेछ ।
- यसका साथै हेटौँडामा निर्माण भएको प्रादेशिक थोक बजार सञ्चालन, प्राङ्गारिक मल कारखाना स्थापना र सरकारी संरचना निर्माणमा स्वदेशी काठको प्रयोग गर्ने योजना छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका लागि ६ अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा कृषकहरुको सहज सेवा तथा वन तथा वातावरण र पर्यावरणको क्षेत्रमा कार्यक्रम तयार गरिएको छ ।
हेटौँडामा निर्माण भएको प्रादेशिक थोक बजार सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको उनले बताए । प्रदेशमा प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, एक प्रदेश क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना गर्न बजेटले व्यवस्था गरिएको उनले बताए ।
सरकारी संरचना निर्माणमा स्वदेशी काठको प्रयोग गर्ने, स्वदेशी काठको मूल्य निर्धारण गर्ने सरकारको तयारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
-
३५ अर्ब ३९ करोड बजेटः हराए अर्गानिक नारा, समेटिए असफल पुराना योजना (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण