बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

नेपालगन्ज नगर कार्यपालिका निर्वाचन

मङ्गलबार, ०३ साउन २०७४, १० : २५
मङ्गलबार, ०३ साउन २०७४

नेपालगन्ज -  नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाका लागि सोमबार भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमका जनप्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् । 

कूल ३३ सदस्यीय नगर कार्यपालिकामध्ये आठ सदस्य महिला, दलित तथा अल्पसंख्यक आरक्षण कोटाका लागि भएको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट वसन्ता जोशी, माओवादी केन्द्रबाट सीमा कसौधन, राप्रपाबाट इन्दिराकुमारी शाही, मञ्जु वादी र संघीय समाजवादी फोरमबाट नन्कै पठानी निर्वाचित भएका हुन् । 

त्यसैगरी, दलित, अल्पसंख्यकमा काँग्रेसबाट देवेन्द्रपाल सिंह, माओवादी केन्द्रबाट देउमल सुनार र संघीय समाजवादी फोरमबाट कौशलकुमार धोवी निर्वाचित भएका छन् ।  

विजयी सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले सोमबार एक समारोहमा शपथ ग्रहण गारएका थिए । 

नेपालगन्ज उपमहानगरपालिकाका कूल जनप्रतिनिधि ११७ मध्ये ११६ जना नगर कार्यपालिका सदस्य निर्वाचनमा सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप