अपडेट
अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
बिहीबार, २९ जेठ २०८२, १६ : ०२
_la8xkt4nsh_jc0mtF9wkm.jpg)
समाचार सारांश
- अनेरास्ववियुको महाधिवेशन अन्तर्गतको मतदानको समय ३ घण्टा थप गरिएको छ।
- बिहीबार बिहान ८ बजेदेखि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म पुर्याइएको छ।
- अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौँको कीर्तिपुरमा जेठ २५ गतेदेखि चलिरहेको छ।
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको महाधिवेशन अन्तर्गत जारी मतदानको समय ३ घण्टा थप गरिएको छ ।
बिहीबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जनाएका छन् ।
अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
-
बजेटमा आएको विद्युत् खरिद ‘टेक एण्ड पे’ को व्यवस्था सच्याउँछौँ : ऊर्जामन्त्री
-
राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम छात्रा भलिबल टोलीलाई स्वर्णपदक
-
एआइजी कार्कीले ल्याए नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडियाे)
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति