यस्तो छ भारतमा यात्रुवाहक विमान दुर्घटनाको इतिहास
सारांश
- एयर इन्डियाको लन्डन जाँदै गरेको विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भयो, जसमा १६९ भारतीय यात्रु सवार थिए।
- उडान भरेको ५ मिनेटमै भएको दुर्घटनामा ५३ बेलायती, १ क्यानेडियन र १ पोर्चुगिज यात्रु पनि सवार थिए।
- २०२० को कोझिकोड र २०१० को मंगलुरु लगायत भारतमा भएका अन्य प्रमुख विमान दुर्घटनाहरूको विवरण पनि दिइएको छ।
काठमाडौँ । लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको पश्चिमी सहर अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। एयर इन्डियाका अनुसार अहमदाबादबाट लन्डन गेटविकका लागि उडान नम्बर एआई१७१ भएको विमान दुर्घटनाग्रस्त भएको हो ।
विमान उडान भरेको ५ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको थियो। विमानमा १६९ भारतीय सवार थिए। यसबाहेक, ५३ जना बेलायती, १ क्यानेडियन, १ पोर्चुगिज यात्रु थिए। पछिल्ला केही दशकहरूमा भारतमा भएका अन्य प्रमुख विमान दुर्घटनाहरूको विवरण यसप्रकार छ ।
अगस्ट २०२०
दक्षिणी सहर कोझिकोडमा भारी वर्षाका बिच एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ विमान रनवेबाट चिप्लिएर खोंचमा खस्यो र अगाडिको भाग जमिनमा ठोक्कियो। यस दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भयो र १६ जना गम्भीर घाइते भए।
मे २०१०
दुबईबाट आएको एयर इन्डियाको बोइङ ७३७ विमान दक्षिण भारतीय सहर मंगलुरुमा रनवे नाघेर खोँचमा खस्यो। दुर्घटनामा बोर्डमा रहेका १५८ जनाको ज्यान गएको थियो।
जुलाई २०००
राज्य स्वामित्वको एलायन्स एयरको विमान कोलकाता र राजधानी नयाँ दिल्लीबिच उडान भर्दै गर्दा पूर्वी सहर पटना नजिकैको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण