विमान दुर्घटनापछि घट्यो बोइङको सेयर
बिहीबार, २९ जेठ २०८२, १६ : १९
सारांश
- अहमदाबाद नजिकै एयर इन्डियाको विमान दुर्घटना हुँदा बोइङका सेयरमा गिरावट आएको छ।
- विमानमा २०० भन्दा बढी यात्रु सवार थिए र बोइङ ७८७-८ ड्रीमलाइनर दुर्घटनाग्रस्त भयो।
- विमान बेलायतको गेटविक विमानस्थलतर्फ जाँदै थियो र दुर्घटनाको कारण अझै अज्ञात छ।
न्युयोर्क । प्लेन निर्माता बोइङका सेयरहरू बिहीबार अमेरिकी प्रि-मार्केट कारोबारमा घटेका छन्। भारतको पश्चिमी सहर अहमदाबाद नजिक एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि यस्तो गिरावट आएको हो।
उक्त विमानमा २०० भन्दा बढी यात्रु सवार थिए। एयर इन्डियाका अनुसार दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर थियो। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन।
एयर इन्डियाका अनुसार विमान बेलायतको गेटविक विमानस्थलतर्फ उडिरहेको थियो। प्रहरीका अनुसार विमान विमानस्थलनजिकैको नागरिक बस्तीमा खसेको हो। दुर्घटनापछि बोइङको सेयर मूल्य ७.८५ ले घटेर प्रि-मार्केट ट्रेडिङमा १९७.३ डलरमा झर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण