शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत

बिहीबार, २९ जेठ २०८२, १६ : २३
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'भिजिट भिसा मार्फत हुने मानव तस्करी' को अन्त्यका लागि संसदीय छानबिन समिति गठन गर्न प्रतिपक्षी दलहरु सहमत भएको जनाएको छ।
  • बिहीबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले सबै दल छानबिन समिति बनाउन सहमत भएको बताए ।
  • रास्वपाका अनुसार, सदनमा रहेका सबै प्रतिपक्षी दलहरू 'भिजिट भिसा मार्फत मानव तस्करीको सङ्गठित अपराध' अन्त्य गर्न सहमत भएका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ ।

बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् । 

‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: हाल सङ्घीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको सङ्गठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ’, झाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप