राजनीति
मनिष झाको दाबी– छानबिन समिति बनाउन प्रतिपक्षी एकमत
बिहीबार, २९ जेठ २०८२, १६ : २३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'भिजिट भिसा मार्फत हुने मानव तस्करी' को अन्त्यका लागि संसदीय छानबिन समिति गठन गर्न प्रतिपक्षी दलहरु सहमत भएको जनाएको छ।
- बिहीबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपाका प्रवक्ता मनिष झाले सबै दल छानबिन समिति बनाउन सहमत भएको बताए ।
- रास्वपाका अनुसार, सदनमा रहेका सबै प्रतिपक्षी दलहरू 'भिजिट भिसा मार्फत मानव तस्करीको सङ्गठित अपराध' अन्त्य गर्न सहमत भएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को सङ्गठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा सबै प्रतिपक्षी दलहरू एकमत भएको जनाएको छ ।
बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका हुन् ।
‘आजको पहिलो चरणको बैठकको निष्कर्ष: हाल सङ्घीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको सङ्गठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ’, झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण