बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी

बुधबार, ०३ असार २०८३, ०९ : ०४
बुधबार, ०३ असार २०८३

सारांश

  • लियोनेल मेसीले विश्वकपमा कुल १६ गोल पुऱ्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक विश्वकप गोलको कीर्तिमानको बराबरी गरेका छन्।
  • छैटौँ विश्वकप खेलिरहेका मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेर अर्जेन्टिनालाई जित दिलाए।
  • मेसी विश्वकपको छैटौँ संस्करणमा सहभागी हुने पहिलो पुरुष खेलाडी बनेका छन्।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिकसँगै लियोनेल मेसीले अर्को ऐतिहासिक कीर्तिमान पनि बराबरी गरेका छन्।

मेसीले विश्वकपमा कुल १६ गोल पुर्‍याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरेका हुन्।

छैटौँ विश्वकपमा खेलिरहेका मेसीको ह्याट्रिकले केवल अर्जेन्टिनाको जित मात्र सुनिश्चित गरेन, बरु व्यक्तिगत रूपमा पनि उनलाई फुटबल इतिहासको सबैभन्दा ठूलो उपलब्धिमध्ये एकसँग नजिक पुर्याइदिएको छ ।

अर्जेन्टिनाका लागि २००औँ खेल पूरा गर्नुका साथै लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबल र विश्वकप दुवैमा ऐतिहासिक कीर्तिमानहरू थपेका छन्।

छैटौँ पटक विश्वकपमा सहभागी हुने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि कुनै पनि पुरुष खेलाडीले विश्वकपमा यति धेरै संस्करणमा सहभागिता जनाएको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप