सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
सारांश
- प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सहितका सांसदहरूले आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि मन्त्रीहरूले जवाफ दिँदै गर्दा विरोध जनाएका छन् ।
- श्रम संस्कृतिले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको जवाफमा स्पष्टीकरण मागेको थियो ।
- स्पष्टीकरण चित्त नबुझेपछि र सभामुखले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई समय दिँदा पनि श्रम संस्कृतिले निरन्तर विरोध गरिरहेको थियो ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सहितका सांसदहरूले विरोध गरेका छन् । आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरूले रोष्टमबाट दिँदै गर्दा श्रम संस्कृतिले उठेर विरोध जनाएको हो ।
आज सरकार मन्त्रीहरूले बजेट माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिइरहेका छन् । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दिएको जवाफमा पनि स्पष्टीकरण मागेका थिए । त्यसको जवाफ यादवले दिएका थिए ।
त्यसपछि सरकारको तर्फबाट उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले दिएको जवाफमा श्रम संस्कृतिले स्पष्टीकरण माग गरेको थियो ।
स्पष्टीकरणमा चित्त नबुझाएर श्रम संस्कृतिले विरोध गरेको हो । त्यसपछि सभामुखले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई समय दिँदा पनि श्रम संस्कृतिले निरन्तर विरोध गरिरह्यो भने त्यपसछि त वेल नै घेराउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण