चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको छ : उद्योगमन्त्री
बुधबार, ०३ असार २०८३, १४ : ०७
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भारतमा नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले केही दिनदेखि नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानको लागि सरकारले कूटनीतिक रुपमा पहल गरिरहेको जानकारी दिइन् ।
उनले भनिन्,‘ मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको छ ।’
उनले चिया तथा अलैँची भण्डारको समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धी क्षेत्रका उद्यमी र व्यवसायीहरूसँगको लागत साझेदारीमा वयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
-
सरकारी अस्पतालकै क्यान्टिनमा लापरबाही, खाद्य स्वच्छता कायम राख्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण