झलनाथको आरोप : पराजय भोग्नुको मुख्य कारण दक्षिणपन्थी कार्यदिशा, नीति र कार्यक्रम
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले गत निर्वाचनमा पार्टीले पराजय भोग्नुको मुख्य कारण नेतृत्वले अख्तियार गरेको गरेको दक्षिणपन्थी कार्यदिशा, नीति र कार्यक्रम भएको बताएका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई २४ पेजमा ३६ बुँदे असहमति पत्र लेख्दै नेता खनालले नेतृत्वमाथि यस्तो आरोप लगाएका हुन् ।
‘कुनै पनि देशको क्रान्ति वा निर्माणको ऐतिहासिक प्रक्रियामा त्यो क्रान्ति वा निर्माणलाई हाँकिरहेको कम्युनिस्ट पार्टीले सही वैचारिक–राजनीतिक कार्यदिशा लिइरहेको छ कि छैन, त्यस कुराले नै क्रान्ति वा निर्माणको विजय वा पराजयको सुनिश्चितता गर्छ’, खनालले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन्, ‘तर कमरेड प्रचण्ड ! तपाईँको नेतृत्वको ‘कार्यदिशा’ ले पार्टीलाई कता लान खोजिरहेको छ ? सबैले गम्भीर हुनुपर्ने बेला आएको छ ।’
नेता खनालले आज हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा यस्तो पराजय भोग्नुको मुख्य कारण भनेको नै आन्दोलनको नेतृत्वले अख्तियार गरेको दक्षिणपन्थी कार्यदिशा, नीति र कार्यक्रम भएको दाबी समेत गरेका छन् ।
‘त्यसलाई जबसम्म आधारभूत रूपले नै सच्याउन सकिन्न । तबसम्म न पार्टी एकीकृत हुन्छ न पुनर्गठित हुन्छ र न समाजवादी क्रान्तिले नै गति लिन्छ । सबै कुराको निर्णय सही नीति र नेतृत्वले नै गर्छ भन्ने कुरा अहिलेसम्मका अनुभवले देखाइनै सकेका छन्’, नेता खनालले प्रचण्डलाई लेखेको पत्रमा भनेका छन् ।
सही कार्यदिशा र सही नेतृत्व अब पनि बनाउन सकिएन भने यो गम्भीर पराजय भोगिरहेको आन्दोलनलाई उठाउनु गाह्रो हुने खनालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण