सभामुखले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन : यादव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसद्को गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन्।
उनले सभामुखको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए। सदनको साझा अभिभावकका रूपमा सबै दल र सांसदहरूलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका निकै संकुचित देखिएको उनको तर्क थियो।
सभामुखको कार्यशैली र प्रधानमन्त्रीको गैरजिम्मेवार बानीप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, ‘सभामुख महोदय, यहाँले सदनको अभिभावकका रूपमा यसको सम्मान बढाउनुपर्ने हो । के यहाँले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन ? प्रधानमन्त्रीज्यूले सीमाका बारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यसले देश भित्र मात्र नभई बाहिर पनि अनेकौँ प्रश्न जन्माएको छ । छिमेकी मुलुकसँगको वर्षौँदेखिको सुमधुर सम्बन्धमा यसले नकारात्मक असर पारेको छ र हाम्रो राष्ट्रियतामाथि भद्दा मजाक उडाउने ठाउँ दिइएको छ ।’
प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा रूपमा लक्षित गर्दै यादवले यस किसिमको हलुका टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा गम्भीर आँच पुर्याएको बताए। राष्ट्रियता र सार्वभौमिकता जस्तो अत्यन्तै संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको विवादित भनाइलाई सत्तारुढ दलका सांसदहरूले संसद्मै ताली बजाएर अन्धसमर्थन गरेकोमा समेत उनले आश्चर्य र गहिरो खेद प्रकट गरे।
सांसद यादवले संसद् ३ करोड नेपाली जनताको आशा, विश्वास र पुर्खाहरूको बलिदानीपूर्ण सङ्घर्षको साझा प्रतीक भएको स्मरण गराए। यस्तो गरिमामय संस्थालाई कमजोर बनाउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिँदै उनले सदनमा प्रतिपक्षले उठाएका जायज आवाजहरूलाई सरकार र नेतृत्वले लगातार बेवास्ता गरिरहेको आरोप लगाए।
प्रतिपक्षी दलहरूको रचनात्मक आलोचनालाई नसुनिएकै कारण वर्तमान संसदीय अभ्यास दिनानुदिन हास्यास्पद र गैरजिम्मेवार बन्दै गएको टिप्पणी समेत उनले गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
-
सरकारी अस्पतालकै क्यान्टिनमा लापरबाही, खाद्य स्वच्छता कायम राख्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण