नेकपामा झलनाथको विद्रोह, यस्तो छ ३६ बुँदे असन्तुष्टि (पूर्णपाठ)
काठमाडौँ । दुई दर्जनभन्दा तीन दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेतृत्वको कार्यशैलीविरुद्ध शीर्ष नेताहरूले नै विद्रोह गर्न थालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको सुरुवात गरेका हुन् ।
नेता खनालले संयोजक प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताएका छन् ।
खनालले संयोजक प्रचण्डलाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका छन् । पार्टीको अन्तरिम विधानलाई ‘सार–सङ्ग्रहवादी खिचडी विधान’ को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी छ ।
खनालले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि सङ्गठनात्मक एकीकरण पुरा नभएको, निर्वाचनमा पार्टीले अपेक्षा विपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।
‘पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैँमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ खनालको असन्तुष्टि छ । उनले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न माग गरेका छन् ।
खनालले प्रचण्डलाई लेखेको पत्रमा कहिलेकाहीँ सानो कमजोरीले सिङ्गो संरचना र उपलब्धि नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै त्यस्तो गल्ती प्रचण्ड आफैँले गरेको नेकपा कालको घटना स्मरण गराएका छन् ।
‘मलाई थाहा छैन । हामीले २०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टी एकता गर्यौँ’, खनालले भनेका छन्, ‘तपाईँ र ओली त्यो एकीकृत नेकपा रुपी विशाल जेटको ‘दुई पाइलट’ घोषित हुनुभयो । अब तपाईँ दुई जनाले त्यो नेकपालाई वैधानिक रूपले पनि अघि बढाउनका निम्ति निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्ने थियो ।’
खनालले त्यो दर्ता गर्दा आफ्नो पार्टी ठुलो र शक्तिशाली भएको दम्भका आधारमा अर्को दर्ता भइसकेको पार्टीको नाउँमा नै नेकपा भनेर दर्ता गराएको स्मरण गराएका छन् ।
‘त्यो कमरेड केपी ओली र कमरेड प्रचण्डको आत्मघाती गल्ती हो । तपाईँहरूले दर्ता गराउन त केही कारिन्दा पठाएर पनि गराउनु भयो होला । तर त्यसवेला निर्वाचन आयोगले त्यसो नगरौँ भन्दाभन्दै जबरजस्त दर्ता भएको रहेछ । त्यसको दोष कारिन्दा वा कोही कार्यकर्तालाई लगाउन मिल्दैन । तर तपाईं दुई जनालाई नै मुख्य रूपले दोष लाग्छ’, खनालले भनेका छन् ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण