क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
सारांश
- रुपन्देहीको बुटवलबाट प्रहरीले कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
- बुटवल उपमहानगरपालिका-१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
- प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरी ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ।
काठमाडौँ । रुपन्देहीको बुटवलबाट कानुनले निषेध गरेको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेकाे छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ क्षेत्रमा केही दिनदेखि चिनियाँ नागरिकहरूले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४९ वर्षीय छिओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन, ४५ वर्षीय ली बिन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले पेटीएम, फाेन पे लगायतका एप्स तथा प्लेटफर्म प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गरिरहेका थिए।
उनीहरूकाे साथबाट प्रहरीले विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक(डीएसपी) कृष्णकुमार चन्दले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण