शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मनसुन

यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

शुक्रबार, ०५ असार २०८३, २० : १५
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन प्रणाली शुक्रबार (असार ५ गते) कोशी प्रदेशको केही भू–भागमा प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको छ भने देशका अन्य भू–भागमा फैलिन अझै केही दिन लाग्ने देखिएको छ।

महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार नेपालको पूर्वी भू–भागबाट मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३० गते) हो। तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो गरी जुन १९ (असार ५ गते) नेपाल प्रवेश गरेको हो।

हाल कोशी प्रदेशका केही क्षेत्रमा मात्रै मनसुनी प्रभाव देखिएको छ। आगामी दिनमा मनसुनी प्रणाली क्रमशः सक्रिय हुँदै देशका अन्य भागमा समेत विस्तार हुने अपेक्षा गरिएको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मनसुनको गतिविधिलाई निरन्तर अनुगमन गरिरहेको जनाउँदै समय–समयमा अद्यावधिक सूचना जारी गरिने बताएका छन्। 

महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन तथा अद्यावधिक मौसमी सूचना हेरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

17fd8656288c9af6c5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप