ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
सारांश
- ब्राजिलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा हैटीविरुद्ध पहिलो हाफमै ३-० को अग्रता लिएको छ।
- माथेउस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गरे भने भिनिसियस जुनियरले अतिरिक्त समयमा तेस्रो गोल थपे।
- यस जितसँगै ब्राजिल समूह 'सी' मा तीन अंक जोड्दै नकआउट चरणको यात्रातर्फ बलियो कदम चालिरहेको छ।
फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३–० को बलियो अग्रता बनाएको छ।
ब्राजिलका लागि माथेउस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याएका थिए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३–० बनाए।

सुरुदेखि नै खेलमाथि पूर्ण नियन्त्रण जमाएको ब्राजिलले लगातार आक्रमण गर्दै हैटीको रक्षापंक्तिलाई दबाबमा राखेको थियो। कुन्हाको दुई गोलपछि भिनिसियसले पनि गोल गर्दै ब्राजिललाई सहज अवस्थामा पुर्याएका छन्।
पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिल यस नतिजासँगै समूह ‘सी’ मा महत्वपूर्ण तीन अंकतर्फ अग्रसर देखिएको छ। लगातार दोस्रो हारको संघारमा पुगेको हैटीले दोस्रो हाफमा चमत्कारिक पुनरागमन गर्न नसके विश्वकपबाट बाहिरिने जोखिम थप बढ्नेछ।
पहिलो हाफ सकिँदा ब्राजिल ३–० ले अगाडि रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण