आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातभरि निद्रा लाग्दैन ? हुन सक्छ यी रोग

आइतबार, ०७ असार २०८३, १५ : ०२
आइतबार, ०७ असार २०८३

काठमाडौँ । दिनभर काम गरेपछि अब राति त म मस्तले सुत्छु भनेर सोच्छौं । तर ओछ्यानमा पल्टिएपछि आँखामा निद्राको सट्टा, मनमा नकारात्मक विचारहरू आउँछन् ।

यस बेला तपाईंको दिमाग निरन्तर दौडिरहेको हुन्छ । विगतका सम्झना, भविष्य, कार्यालयको तनाव र सम्बन्धका जटिलताहरू दिमागमा आइरहेका हुन्छन् । सारा रात आँखा झिमिक्क नगरी बित्छ । घण्टौंसम्म मान्छे कोल्टे फेरिरहन्छ । बारम्बार यस्तो हुन्छ भने बानी मात्रै हो भनेर यसलाई वेवास्ता नगर्नुस् । यो कुनै रोगको संकेत हुन सक्छ ।

राति निरन्तर सोच्नु अनि ननिदाउनु विभिन्न कारणले हुन सक्छ । केही मानिसहरूले एङ्गजायटी डिस्अर्डरको कारणले यस्तोो अनुभव गर्छन् । तनावका कारण केही मानिसको निद्रा गायब भएको हुन सक्छ । यस्ता व्यक्तिहरूलाई ढिला गरेर निद्रा लाग्छ । बल्ल बल्ल निदाए पनि बारम्बार उठिरहने हुन पनि सक्छन् ।

डिप्रेसन

डिप्रेसन भएका केही व्यक्तिहरूमा राति ओछ्यानमा पल्टिएपछि मनमा नकारात्मक विचारहरू आउँछ । यो समयमा तिनीहरू निरन्तर विगतका घटनाहरूमा ध्यान केन्द्रित हुन्छन् । जसले निद्रासम्बन्धी समस्या निम्त्याउन सक्छ । यदि तपाईं आवश्यकताभन्दा धेरै सोच्नु हुन्छ भने ध्यान गर्नुहोस् ।

अनिद्रा

हप्तामा धेरै पटक निदाउन समस्या भइरहेको छ र रातभर सोचिरहनुभएको छ भने, यो अनिद्राको संकेत हुन सक्छ । गुणस्तरीय निद्राको अभावले दिनभरि थकित बनाउन सक्छ ।

के हो धेरै सोच्नुको कारण ?

धेरै सोच्नाले धेरै समस्याहरू निम्त्याउन सक्छ । यो तनाव र कुनै खराब घटनाको प्रभावको कारण हुन सक्छ । कहिलेकाहीँ, रोगको कारणले दिमागमा समस्या आउन थाल्छ । शवासन र बायाँ कोल्टे परेर सुत्दा शरीर र दिमागलाई आराम मिल्ने कयौं विज्ञहरू भन्छन् । ओछ्यानमा सिधा बसेर पनि यो गर्न सकिन्छ । यसले मनलाई पनि निकै आराम दिन्छ ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप