आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

पशुपतिनाथ दर्शनको तस्बिर राख्दै बलिउड अभिनेत्री शर्लिनले भनिन् : शिवको आशिर्वादले धन्य भएँ

आइतबार, ०७ असार २०८३, १५ : ४१
आइतबार, ०७ असार २०८३

काठमाडौँ । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले पशुपतिनाथ मन्दिर पुगेर भगवान् शिवको दर्शन गरेकी छन् । उनले सामाजिक सञ्जालबाट तस्बिरसहित एक पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । 

निधारमा रातो टीका लगाए र पशुपतिनाथ परिसरमा देखिएकी उनले छन्, ‘काठमाडौँमा पशुपतिनाथ भगवान् शिवको आशिर्वाद पाउँदा धन्य भएँ ।’ 

उनको तस्बिरले उनी यतिबेला काठमाडौँ घुमघाममा रहेको अनुमान गर्न सकिन्छ ।  उनी हिन्दी र तेलुगु भाषाका फिल्म अभिनय गर्दै आएकी छन् । उनको पशुपतिनाथ दर्शनसम्बन्धी पोस्टमा प्रशंसकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप