भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले बोलीमा नभई व्यवहारमा लागू हुने समाजवाद आवश्यक रहेको बताएका छन् ।
- उनले नेपालको हकमा समाजवादमा पुग्न राष्ट्रको सर्वोपरि हित, आत्मनिर्भर अर्थतन्त्र, असमान सन्धि सम्झौताबाट मुक्ति, स्वाधीन र समृद्ध देश निर्माण, र राष्ट्रवादी आन्दोलनमा जोड दिए ।
- रावलले पार्टी नेतृत्वमा पुगेपछि सिद्धान्त विपरीत गठजोड र निर्वाचनमा गठबन्धन गरेर वैज्ञानिक समाजवाद नआउने भन्दै कामबाट प्रमाणित गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले बोलीमा नभई व्यवहारमा लागू हुने समाजवाद आवश्यक रहेको बताएका छन् । सोमबार पूर्व प्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले नेपालको हकमा समाजवादमा पुग्न चार वटा सुझाव दिएका हुन् ।
यस्ता छन् उनका चार सुझाव-
१.नेपालका कम्युनिस्ट पार्टीलाई राष्ट्रको सर्वोपरि हित राखेर जोड्ने समाजवाद आवश्यक छ ।
२.२००६ सालमा पुष्पलालले नेपालको आत्मनिर्भर स्वाधीन अर्थतन्त्र, कृषिमा किसानमाथिको शोषणको अन्त्य, असमान सबै सन्धि सम्झौताबाट मुक्त गर्ने समाजवादको कुरा गर्नुभएको थियो । त्यो व्यवहारमा हुनुपर्यो । ठुलठुला ग्रन्थ लेखेर मात्र केही हुँदैन ।
३.नेपाललाई संसारको अगाडि स्वाधीन र समृद्धि देश बनाउने समाजवाद आवश्यक छ । प्राकृतिक साधन, स्रोत, जनशक्ति राष्ट्रको सर्वोपरि हितमा उपयोग र सञ्चालन हुनुपर्यो । पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठजोड गर्ने, निर्वाचनमा गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउँछ ? काम गर्नुपर्यो । कामबाट प्रमाणित गरेर जनताको मन जित्नुपर्यो ।
४.कम्युनिस्टहरूले राष्ट्रवादी आन्दोलन गर्नुपर्छ । प्रधानमन्त्रीले भारतको जग्गा मिचेको छ भनेर मन्तव्य दिएका छन् । यस्तो बेला आवाज बन्द गरेर देशको सिमाना रक्षा गर्ने समाजवाद चाहियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण