नारायण गोपालको गीत गाउँदै आर्मोन नेक्स्ट राउन्डमा
सारांश
- आर्मोन कार्की 'द भ्वाइस किड्स सिजन ५' को ब्लाईण्ड अडिसन राउन्डबाट पार गरी नेक्स्ट राउन्डमा पुगेका छन् ।
- उनले नारायण गोपालको गीत 'वीरताको चिनो वीरको सन्तान' गाएर कोचहरू मिलन नेवार र अर्जुन सापकोटालाई मन्त्रमुग्ध बनाए ।
- हेटौँडाका ११ वर्षीय आर्मोन गायनका साथै गिटार, हार्मोनियम र पियानो पनि बजाउँछन् ।
काठमाडौँ । आर्मोन कार्की ‘द भ्वाइस किड्स सिजन ५’ को ब्लाईण्ड अडिसन राउन्डबाट पार गरी नेक्स्ट राउन्डमा पुगेका छन् । उनले ब्लाईण्ड अडिसन राउन्डमा देश भावले ओतप्रेत स्वरसम्राट नारायण गोपालको गीत ‘वीरताको चिनो वीरको सन्तान’ गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।
उनले प्रस्तुत दिइरहँदा निकै रोमाञ्चित बनिरहेका कोचहरू मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै कुर्ची फर्काएका थिए । उनले टिम रोज्ने क्रममा मिलन नेवारलाई सरी म्याम भन्दै टिम अर्जुन सापकोटा रोजेका थिए । उनका स्वर र प्रस्तुतिको सबै कोचहरूले खुलेरै प्रशंसा गरेका थिए ।
हेटौँडाका ११ वर्षीय आर्मोन हाल कक्षा ६ मा अध्ययनरत छन् । सानै उमेरदेखि गीत सुन्ने र गाउने उनले गायनबाट स्कूलस्तरीय, जिल्लास्तरीय र प्रदेशस्तरीय गायन क्षेत्रबाट धेरै अवार्ड समेत जितिसकेका छन् ।
उनी गाउने मात्र हैन गिटार, हार्मोनियम र पियानो पनि कुशलताका साथ बजाउँदछन् । प्रतिभाका धनी आर्मोन गायन र बाध्य वादनमा पोख्त त छन् नै अध्ययन र चित्र कोर्न पनि त्यतिकै सिपालु छन् । उनले कोर्ने चित्रहरू प्रायः नेपाल तथा भारतीय प्रतिष्ठित गायक गायिकाहरूको हुने गर्छ । नारायण गोपाल र भक्तराज आचार्यलाई आफ्नो आइडल मान्ने उनको ठुलो भएपछि सफल गायक बन्ने सोच छ ।
‘द भ्वाइस किड्स सिजन ५’ को अहिले ब्लाइण्ड अडिसन राउन्ड चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
-
युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण