सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
सारांश
- सरकारले कालिकोटको सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन नसकेको बताएको छ ।
- राष्ट्रियसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले विमानस्थल प्राविधिक रूपमा तयार भए पनि यात्रु नभेटिँदा उडान हुन नसकेको जानकारी दिए ।
- यात्रुको सुनिश्चितता भएमा प्राधिकरणले प्राविधिक जनशक्ति र सञ्चार उपकरण पठाउन प्रतिबद्ध रहेको र स्थानीय तहसँग समन्वय गरी नियमित सेवा सुरु गर्ने प्रयास भइरहेको मन्त्रीले बताए ।
काठमाडौँ । सरकारले कालिकोटको सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन नसकेको बताएको छ । राष्ट्रियसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले विमानस्थलको प्राविधिक पक्षमा कुनै समस्या नरहेको तर ‘लोड फ्याक्टर’ (यात्रु सङ्ख्या) को अभावले नियमित उडान हुन नसकेको बताएका हुन् ।
राष्ट्रियसभामा यससम्बन्धी प्रश्न सांसद विष्णुबहादुर विश्वकर्माले सोधेका थिए । त्यो प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विमानस्थल उडानका लागि तयार भए पनि यात्रु नभेटिँदा उडान हुन नसकेको बताए ।
विमानस्थलमा २०७३ र २०८० मा दुई पटक सफल परीक्षण उडान भइसकेको र नेपाल वायुसेवा निगमले हप्ताको दुई दिन (मङ्गलवार र शनिबार) उडानको अनुमति लिएको जानकारी मन्त्री पौडेलले दिए ।
निजी एयरलाइन्सहरूसँग छलफल भए पनि यात्रुको सुनिश्चितता नभएकाले उनीहरू उडान भर्न इच्छुक नदेखिएका पौडेको भनाइ छ ।
यात्रुको सुनिश्चितता भएमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र सञ्चार उपकरण तुरुन्तै पठाउन प्रतिबद्ध रहेको उनले बताए । पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा बसाइँसराइ र सडकको सहज पहुँचका कारण यात्रु सङ्ख्या घट्दै जानु साझा चुनौती रहेको पनि बताए । नेपालमा कुल ५५ वटा विमानस्थलमध्ये ३४ वटा मात्रै सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्रीले स्थानीय तहसँग समन्वय गरेर सुनथरालीमा नियमित सेवा सुरु गर्ने प्रयास भइरहेको बताए ।
सांसद विष्णुबहादुर विश्वकर्माले २०४२ सालदेखि निर्माण सुरु भएको यो विमानस्थल २०८० फागुन १४ गते औपचारिक उद्घाटन भए पनि हालसम्म किन नियमित उडान हुन नसकेको भनी प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण