पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
बिहीबार, १८ असार २०८३, १३ : ४८
सारांश
- राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले पेट्रोल–डिजेल छैन भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।
- उनले पेट्रोल–डिजेलको मूल्य घटेको अवस्थामा अविलम्ब सार्वजनिक यातायात र हवाई उडान भाडा पुनरावलोकन गर्न माग पनि गरे ।
काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल’ छैन भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रोकायाले भने- ‘मूल्य बढ्दा भार बोक्ने जनताले घट्दा राहत किन नपाउने ?’ त्यस्तै उनले यसरी कृतिम अभाव सिर्जना गर्नेमाथि सरकारले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।
उनले पेट्रोल–डिजेलको मूल्य घटेको अवस्थामा अविलम्ब सार्वजनिक यातायात र हवाई उडान भाडा पुनरावलोकन गर्न माग पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
-
जोटाको पहिलो स्मृतिदिनमा पोर्चुगल भावुक, उनकै लागि जित्ने खेलाडीहरूको अठोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण