शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६ राउन्ड अफ ३२

चार खेलमा स्पेनको क्लिन सिट

शुक्रबार, १९ असार २०८३, ०२ : ५१
शुक्रबार, १९ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रियामाथि ३-० को सहज जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
  • स्पेनका लागि मिकेल ओयारजबलले दुई तथा पेड्रो पोरोले एक गोल गरे ।
  • जारी विश्वकपमा चार खेल खेलेको स्पेनले हालसम्म एक गोल पनि बेहोरेको छैन ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

खेलभरि नै अस्ट्रियामाथि उत्कृष्ट पकड जमाएको स्पेनका लागि फरवार्ड मिकेल ओयारजबलले दुई तथा पेड्रो पोरोले एक गोल गरे । 

खेलको ३६औँ मिनेटमा ओयारजबलले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेनले दोस्रो हाफमा पनि आफ्नो आक्रामक खेललाई जारी राख्यो ।

खेलको ६६औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अर्थात् ८९औँ मिनेटमा ओयारजबलले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को जित निश्चित गरे । 

यस खेलमा दुई गोल गरेसँगै ओयारजबल यस विश्वकपकै सर्वाधिक गोलकर्ता बन्ने अर्थात् गोल्डेन बुटको दौडमा बलियो प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । उनले यसअघि समूह चरणअन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा पनि दुई गोल गरेका थिए ।

खेलको समग्र तथ्याङ्क हेर्दा स्पेनले ६५ प्रतिशत बल नियन्त्रणमा राख्दै अस्ट्रियाको पोस्टमा २१ पटक प्रहार गरेको थियो, जसमध्ये १० प्रहार फ्रेमभित्र थिए । अस्ट्रियाले खेल अवधिभर ५ प्रहार गरे पनि कुनै पनि प्रहार लक्षित हुन सकेन ।

यो जितसँगै स्पेनले प्रतियोगितामा आफ्नो बलियो यात्रालाई निरन्तरता दिएको छ । जारी विश्वकपमा चार खेल खेलेको स्पेनले हालसम्म एक गोल पनि बेहोरेको छैन । पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले ओयारजबलको दुई गोल मद्दतमा साउदी अरेबियालाई समग्रमा ४–० गोलअन्तरले हराएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?