टेलिसिरियल ‘यो कथा होइन’ बन्ने, साउनदेखि प्रसारण
काठमाडौँ । नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यले नयाँ टेलिसिरिज ‘यो कथा होइन’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच टेलिसिरियल निर्माण घोषणा गरिएको हो ।
कलाकार श्रीप्रसाद थापाले निर्देशन गर्ने टेलिसिरियल उनले नै लेखेका हुन् । ‘यो कथा होइन’ले मनोरञ्जनका साथै नेपाली समाजको इतिहास र यथार्थलाई उजागर निर्देशक थापाले बताए ।
‘धेरैपछि आफ्नै कथा लेखन र निर्देशनमा टेलिरियल गर्दैछु । ‘यो कथा होइन’मा आजभन्दा करिब १०० वर्षअघिको नेपाली समाजको कथा समेटिएको छ’, उनले भने ‘त्यो समयमा समाज कस्तो थियो, मानिसहरूको जीवनशैली कस्तो थियो, जातीय विभेद र सामाजिक विभाजन कसरी थियो भन्ने विषयलाई यथार्थ रूपमा प्रस्तुत गर्नेछु ।’
रवि गिरी, रोशनी सापकोटा, जानुका खड्का, दीपेन्द्र तिमल्सिना, शुशिला भट्टराई, मुकेश हमाल, आकृति न्यौपाने, लक्ष्मण चौलागाईं, मोति सुवेदी, गायत्री थापा, गान्दिप सुवेदी, नुशा लिङ्देन, आरती बिक र ईशा सिंजालीको अभिनय टेलिसिरियलमा रहनेछ ।
टेलिसिरियल साउनदेखि प्रसारणमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
-
प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण