‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
काठमाडौं । ‘स्त्री’ र ‘स्त्री २’ जस्ता फिल्मकोे सफलतापछि बलिउड अभिनेत्री श्रद्धा कपुरले आफ्नो पारिश्रमिकमा बढाएकी छन् ।
सन् २०२६ को बहुप्रतीक्षित फिल्म मध्य एक ‘ईठा’का लागि उनले फिस बढाएकी हुन् । फिल्ममा उनी महाराष्ट्रकी प्रख्यात लावणी कलाकार विठाबाई नारायणगावकरको भूमिकामा देखिँदै छिन् ।
मिडियो रिपोटका अनुसार श्रद्धाले ‘ईठा’का लागि पारिश्रमिक बढाएर १५ करोड भारतीय रुपैयाँ पुर्याएकी छन् । यसअघि उनले फिल्म ‘स्त्री २’ का लागि ५ करोड र ‘तू झूठी मैं मक्कार’का लागि ७ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । निर्माता दिनेश विजनका अनुसार यो फिल्म श्रद्धाको करिअरका लागि निकै महत्त्वपूर्ण साबित हुने भएकाले यो पारिश्रमिक उपयुक्त रहेको छ ।
लक्ष्मण उतेकर निर्देशक रहेको फिल्म २८ अगस्ट २०२६ मा रिलिज हुनेछ । फिल्ममा श्रद्धाका साथै रणदीप हुड्डा र मोहम्मद जीशान अयुब पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण