शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
फोटो

भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न

बिहीबार, १८ असार २०८३, १९ : ३४
बिहीबार, १८ असार २०८३

काठमाडौँ । मनसुन सक्रिय भएसँगै परेको भारी वर्षाका कारण चाबहिल–सरस्वतीनगरस्थित कपन तरकारी बजार क्षेत्र जलमग्न भएको छ। 

केही बेर परेको ठुलो पानीका कारण उक्त क्षेत्रका सडकहरू ढलमय र पोखरी जस्तै बनेका छन्।

kapan duban (1)

सडकमा अत्यधिक पानी जमेका कारण स्थानीयवासी, पैदलयात्री तथा सवारी चालकहरूलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ। ढलको उचित निकास नहुँदा र लगातारको वर्षाले गर्दा बजार क्षेत्र पूर्ण रूपमा डुबानमा परेको स्थानीयले बताएका छन्। पानीको बहाव बढेर सडकसम्मै आएपछि साना सवारी साधन, विशेष गरी मोटरसाइकल र स्कुटर चालकहरू बाटोमै अलपत्र परेका छन् भने पैदलयात्रीहरू लुगा भिज्दै हिँड्न बाध्य छन्।

kapan duban (2)

हरेक वर्ष मनसुनको समयमा यस क्षेत्रले यस्तै समस्या भोग्दै आएको छ। वर्षा सुरु हुनासाथ कपन र सरस्वतीनगर जोड्ने सडकहरू जलमग्न हुने परिपाटी अझै रोकिन सकेको छैन।

kapan duban (3)kapan duban (4)kapan duban (5)kapan duban (6)kapan duban (7)kapan duban (8)kapan duban (9)kapan duban (10)kapan duban (11)kapan duban (12)kapan duban (13)kapan duban (14)kapan duban (15)

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?