पोखराका युवालाई महानगरको ‘युथ एक्सेलेन्स अवार्ड’
कास्की । पोखरा महानगरपालिका नगर युवा परिषद्को आयोजनामा आज सम्पन्न ‘युथ फेस्टिभल–२०८३’ का अवसरमा छ जना युवालाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान गरेको छ ।
उद्यमशीलता र नवप्रवर्द्धनमार्फत रोजगारी सृजना गर्ने, पत्रकारिता, पर्यटन, खेलकुद, समाजसेवा तथा अपाङ्गता अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका युवाहरू सम्मानित भएका हुन् ।
यस वर्ष पत्रकारिता विधाबाट दुर्गा रानामगर, पर्यटन क्षेत्रबाट प्रतीक पहारी, समाज सेवा विधाबाट सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी सृजनातर्फ नवज्योति सुवेदी, खेलकुद क्षेत्रबाट नारायणी भण्डारी तथा अपाङ्गता क्षेत्रको सशक्तीकरण विधाबाट सन्ध्या सुवेदी सम्मानित भए । उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानपत्र, अवार्ड तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
नगरप्रमुख आचार्यले पोखरालाई अवसरको सहरका रूपमा विकास गर्न युवाको भूमिका निर्णायक हुने बताए । “युवाको सृजनशील सोच, नवीनतम् अवधारणा र सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा प्रोत्साहन गर्न महानगर प्रतिबद्ध छ । युवाले रोजगारी खोज्नेमात्र नभई रोजगारी सृजना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो”, प्रमुख आचार्यले भने ।
नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेका अनुसार अवार्डका लागि विभिन्न क्षेत्रबाट प्राप्त सिफारिस, योगदान, प्रभाव र उपलब्धिका आधारमा प्रतिभा छनोट गरिएको हो । उनले अवार्ड केवल सम्मानमा सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवालाई थप हौसला प्रदान गर्ने माध्यम भएको बताए ।
यस वर्षका सम्मानित व्यक्तिहरूको छनोट प्रा डा भीमनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा गरिएको हो । समितिमा तेज गुरुङ, मनोहर कडरिया, केशवशरण लामिछाने, अञ्जु केसी र विक्रम कर्माचार्य सदस्य रहनुभएको थियो । समितिले सम्बन्धित क्षेत्रमा व्यक्तिहरूले पुर्याएको योगदान, नेतृत्व क्षमता, नवप्रवर्द्धन, सामाजिक प्रभाव र प्रेरणादायी भूमिकालाई मूल्याङ्कन गरी अन्तिम नाम सिफारिस गरेको परिषद्ले जनाएको छ ।
नगर युवा परिषद्ले विगत केही वर्षदेखि युवालाई केन्द्रमा राखेर सीप विकास, नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, स्वरोजगार, नवप्रवर्द्धन तथा सामाजिक सशक्तीकरणका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परिषद्का अनुसार हालसम्म सात हजारभन्दा बढी युवालाई विभिन्न सीपमूलक तालिम, उद्यमशीलता विकास, रोजगारी अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रममा सहभागी गराइसकिएको छ । परिषद्का यी कार्यक्रमले धेरै युवालाई स्वरोजगार तथा व्यवसायमा आबद्ध गराउनसमेत सहयोग पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने
-
रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै
-
यस वर्ष काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी, यस्तो छ तथ्यांक
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण