फिफा विश्वकप २०२६
अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २–० को अग्रता
शुक्रबार, १९ असार २०८३, ०९ : ५३
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु हुनासाथ अर्को गोल थप्दै अल्जेरियाविरुद्ध २–० को अग्रता बनाएको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको १०औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफ १–० ले आफ्नो पक्षमा समाप्त गरेको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता दोब्बर बनायो। ४६औँ मिनेटमा डान एनडोएले गोल गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्याए।
अब अल्जेरिया खेलमा फर्किन कम्तीमा दुई गोल आवश्यक पर्ने अवस्थामा पुगेको छ भने स्विट्जरल्यान्ड अन्तिम १६ नजिक पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
-
अहिलेका एआई प्रणाली ‘वास्तवमा स्मार्ट’ छैनन् : वैज्ञानिक यान लेकुन
-
'पीएनओलाई नागरिकता होइन, पुर्ख्यौली नेपालको पहिचान चाहिन्छ'
-
‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने
-
संविधान भत्काउन खोजे मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा धकेलिन्छ : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण