सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
धनगढी। सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डअन्तर्गत ‘सुदूरपश्चिम आइकन पुरुष’ विधाको उपाधि भारोत्तोलनका अशोक भण्डारीले जितेका छन्।
लगातार राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै राष्ट्रिय कीर्तिमान कायम गरेका भण्डारीलाई नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा सम्मान गरिएको हो। अवार्ड ग्रहणपछि उनले यस सम्मानले खेलप्रतिको आफ्नो उत्साह र जिम्मेवारी अझ बढाएको प्रतिक्रिया दिए।
यस विधामा क्रिकेटका नारायण जोशी र सुटिङका सुनिल चन्द पनि मनोनयनमा परेका थिए।
त्यसैगरी, ‘सुदूरपश्चिम आइकन फिमेल’ विधाको उपाधि एथलेटिक्सकी पूजा साउँदले जितेकी छन्। उनले कबड्डीकी दिपा देउवा र तेक्वान्दोकी दिपा जैसीलाई पछि पार्दै ट्रफी र नगद पुरस्कार प्राप्त गरिन्।
अवार्ड प्राप्त गरेपछि साउँदले यो सम्मानले आफ्नो खेल जीवनमा अझ मेहनतका साथ अघि बढ्न प्रेरणा मिलेको बताइन्।
उनीहरू दुवैले ट्रफीसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण