शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री

शुक्रबार, १९ असार २०८३, १६ : ५४
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । पूर्वमन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले ‘प्याराडाइम सिफ्ट’ को कुरा गरे पनि लगानी, नीति र कार्यक्रमबिच तालमेल नमिलेको बताएकी छन् । राष्ट्रियसभा बैठकमामा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै झाक्रीले सरकारले दाबी गरेजस्तो प्याराडाइम सिफ्ट कसरी सम्भव हुन्छ भन्दै प्रश्न गरिन् । 

बजेटमा कुनै स्पष्ट मार्गचित्र नदेखिएको झाक्रीले बताइन् ।  ‘नीति र विनियोजनमा तालमेल, परिचालन र लगानी विना प्याराडाइम सिफ्ट कसरी हुन्छ ?’ झाक्रीले भनिन् । 

सांसद झाक्रीले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताहरूबिच ठुलो खाडल राखेर वित्तीय अनुशासन कायम हुन नसक्ने बताइन् । 

‘विभिन्न मन्त्रालयका बजेट र कार्यक्रममा पुराना कार्यक्रम प्राथमिकता अर्कोतिर देखिन्छ,’ झाक्रीले भनिन्, ‘नीति र कार्यक्रमसँग बजेटका सिद्धान्तकै निरन्तरता देखिन्छ ।’

पुराना योजना र ट्रान्समिसन लाइनकै कुरा दोहोरिएको तर नयाँ सोच नआएको उनको भनाइ थियो । रुग्ण उद्योगहरूलाई पुनरुत्थान गर्ने कुनै ठोस योजना नभएको र श्रम बजारलाई सुनिश्चित गर्न आधार नभएको झाक्रीले बताइन् । अर्थमन्त्रीले बजेटमार्फत ‘प्याराडाइम सिफ्ट’ गर्ने कुरा गरे पनि पुँजी परिचालन र लगानी बिना त्यो सम्भव नभएको उनको भनाइ थियो । 

झाक्रीले सरकारलाई यो बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताइन् । सरकारले नयाँ सोच र कार्य आफ्नो नीति र बजेटबिचको खाडल पुर्न र वास्तविक रूपमा अर्थतन्त्रको स्वरूप परिवर्तन गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिइन् । उनले नयाँ योजना ल्याउनुको साटो पुराना र निरन्तरताका कार्यक्रमहरूलाई मात्र प्राथमिकता दिएको आरोप पनि लगाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?