शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली सरकारले ल्याएको ३५ अर्ब ३९ करोडको बजेट संसदबाट पारित

शुक्रबार, १९ असार २०८३, १६ : ४१
शुक्रबार, १९ असार २०८३

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट पारित भएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले बजेट पारित गरिएको हो । अर्थमन्त्री राजीवविक्रम शाहले असार १ गते संसदमा बजेट प्रस्तुत गरेका थिए ।

यद्यपि बजेट विवादै विवादले घेरियो । विवादका बिच शुक्रबार प्रतिपक्षसँग ६ बुँदे सहमति पश्चात् संसदबाट पारित भएको हो ।

आगामी आर्थिक वर्षका लागि ल्याएको ३५ अर्ब ३९ करोडको कुल बजेटमध्ये चालु तर्फ ८ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् २४.३१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार अर्थात् ५५.३१ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

बजेटमा  कार्य विभाजन नियमावली विपरीत मन्त्रीले राखेका योजना, नेताका नामका प्रतिष्ठान जस्ता कार्यक्रम कार्यान्वयन नगरिने गरी बजेट पारित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?