तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
शनिबार, २० असार २०८३, १२ : ३२
सारांश
- न्युरोडको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै २ लाख १ हजार जरिवाना गरिएको छ ।
- अनुगमन टोलीले रेस्टुरेन्टको पिजा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला फेला पारेको छ ।
- म्याद गुज्रेको फ्रुट सिरप प्रयोग गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको हो ।
काठमाडौँ । काठमाडौँको न्युरोडमा रहेको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारलाई २ लाख १ हजार जरिवाना गरेको हो ।
सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामाग्री गुणस्तरहीन भेटिएका कारण उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ ।
जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा रेस्टुरेन्टको पिजा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला भेटिएको र म्याद नाघेको फ्रुट सिरप प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
-
बालेन र सुदनसँग नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत
-
सगरमाथामा पाइला टेक्दा...
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण