प्रधानमन्त्री बालेनलाई संसद्मा आउन आङ्देम्बेको निम्तो
सारांश
- प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् ।
- संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै आङ्देम्बेले सभामुखलाई जानकारी दिएर संसद आउन सुझाएका हुन् ।
- गत जेठमा प्रधानमन्त्री बालेनले जानकारी नदिई संसदमा गई सीमा सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति विवादित बनेको थियो ।
काठमाडौँ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद् आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् ।
‘तपाईं संसदमा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ ।
जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’
लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेर बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’
गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद् बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समेत जानकारी नदिइकन पुगेपछि बोल्न हात उठाएर समय मागेका थिए ।
सभामुख अर्यालले समय दिएपछि उनी रोष्ट्रममा गएका थिए र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए । त्यहीबेला उनले सीमा सम्बन्धी सांसदहरूले सोधको प्रश्नमा जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ उनले भनेका थिए । जुन अभिव्यक्ति विवादित बनेकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण