आजदेखि सुन्दरीजलबाट दैनिक ३ करोड लिटर पानी मेलम्चीको पाइपलाइनबाट काठमाडौं ल्याइँदै
काठमाडौं–आजदेखि सुन्दरीजलको पानी मेलम्चीको पानी वितरण गर्ने नयाँ पाइपलाइनबाट वितरण गरिँदैछ । आजै सभामुख कृष्णबहादुर महराले सोसम्बन्धी कार्यक्रमको उद्घाटन गर्दैछन् ।
खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव, मेलम्ची खानेपानी आयोजनाका प्रमुख लगायतको टोलीले सुन्दरीजलमा बिशेष कार्यक्रम गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ पाइपलाइनबाट काठमाडौंको महङंकालसम्म पानी पठाउन लागेका हुन् । शनिवार अपराहन ४ बजे सभामुख महराले यो कामको शुभारम्भ गर्न लागेका हुन् ।
सुन्दरीजल स्थित वागमती नदीको पानी प्रशोधन गरेर नयाँ पाइपलाइनबाट काठमाडौंको चाबहिलस्थित महाङ्काल चौरमा रहेकासंकलन केन्द्र सम्म पठाउन लागिएको काठमाडौं उपत्यकाका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन इकाईका निर्देशक तिरेश खत्रीले रातोपाटीलाई जानकारी दिए ।
आजदेखि १० किलोमिटर पाइपलाइनको प्रयोग गरी दैनिक ३ करोड लिटर पानी काठमाडौंमा वितरणका लागि ल्याउन लागेको निर्देशक खत्रीले बताए ।
शुरुमा बागमतीको पानी ‘ट्रिटमेन्ट प्लान्ट’मा शुद्धिकरण गरी नयाँ पाइपलाइनबाट काठमाडौं पठाइने छ । महाङ्कालमा रहेको पानी संकलन केन्द्रबाट घरघरमा सो पानी जानेछ । अहिले बर्षातका बेला बागमतीमा पानीको मात्रा बढेकोले नयाँ पाइपलाइन मार्फत पानी ल्याएर वितरण गर्न लागेको उनले बताए ।
आयोजना कार्यान्वयन इकाईले मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न विच्छ्याएको पाइपलाइन मध्ये गोपीकृष्ण हल छेउको धोविखोला सम्म सफाई गरेको छ । काठमाडौंमा ठूला पाइपलाइन र घर घरमा जाने शाखा पाइपलाइन बिच्छ्याउने जिम्मेवारी पाएको आयोजना कार्यान्वयन इकाईले मुख्य पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । ६० किलोमिटर थोक पाइपलाइन बिच्छ्याउने काम मध्ये अब कलंकी र बाँसबारीमा गरेर ३ किलोमिटरको काम रहेको जनाएको छ ।
यस्तै घर घरमा पानी वितरणका लागि कूल १ हजार किलोमिटरमा पाइप बिच्छ्याउने काम मध्ये ७ सय ५० किलोमिटरको काम समिएको र अब २ सय ५० किमीको काम रहेको निर्देशक तिरेश खत्रीले जानकारी दिए ।
यस्तै मेलम्चीको पानी काठमाडौंमा आएपछि जम्मा गर्न विभिन्न स्थानमा बनाइएका १० वटा पानी संकलन तथा प्रशोधन केन्द्र मध्ये ९ वटाको काम सकिएको छ भने कटुञ्जेमा रहेको पानी संकलन केन्द्र निमार्णको काम भने वर्षाका कारण अवरुद्ध भएको छ ।
काठमाडौंवासीले दैनिक थप ३ करोड लिटर पानी पाए, सभामुखले गरे शुभारम्भ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण